Rule 31A
सरुवाको समय तालिका र अवधि
(१) कर्मचारीलाई सरुवा गर्दा देहाय बमोजिमको
समय तालिका अनुसार गर्नु पर्नेछ ः-
(क) मन्त्रालयले प्रत्येक वर्षको असोज महिनामा,
(ख) विभागले प्रत्येक वर्षको कार्तिक महिनामा,
(ग) क्षेत्रीय निर्देशनालयले प्रत्येक वर्षको मंसिर महिनामा र
(घ) जिल्ला स्थित कार्यालयले प्रत्येक वर्षको पुस महिनामा ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि यो नियम प्रारम्भ
हुँदाको वर्ष एकपटकको लागि मन्त्रालय र विभागले नियम प्रारम्भ भएको मितिले एक
महिनाभित्र र क्षेत्रीय निर्देशनालय र जिल्ला स्थित कार्यालयले सो पश्चात् एक÷एक
महिनाभित्र देहायको अवस्था विद्यमान भएम सरुवा गर्न बाधा पर्ने छैन ः–
(क) कुनै कार्यालयमा दरबन्दी रिक्त भई स्वास्थ्य सेवा प्रवाहमा कठिनाई
उत्पन्न भएमा,
(ख) ऐनको दफा २२ को खण्ड (क), (ग) र (घ) मा उल्लेखित अवस्थामा
विद्यमान भएमा ।
(३) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवस्थामा
कर्मचारीलाई मन्त्रालयले वा मन्त्रालयको स्वीकृृति लिई विभागीय प्रमुखले अन्य अवधिमा
पनि सरुवा गर्न सक्नेछ ः-
(क) कुनै कार्यालयमा दरवन्दी रिक्त भई स्वास्थ्य सेवा प्रवाहमा कठिनाई
उत्पन्न भएमा,
(ख) प्राकृतिक प्रकोप वा संक्रामक रोग वा महामारी नियन्त्रण गर्न आवश्यक
भएमा,
(ग) विभागीय प्रमुख वा कार्यालय प्रमुख वा आयोजना प्रमुख भई कार्य
सञ्चालन गर्न विशेष जिम्मेवारी दिनु परेमा,
(घ) अध्ययन/असाधारण विदामा बसेका कर्मचारीको पदाधिकारी अन्य
स्थानमा सारी सो स्थानको पूर्ति गर्न आवश्यक भएमा ।